अक्षय कुमारको फिल्म ‘गोल्ड’ ले १३ औँ दिनमा सय करोड कलेक्सन गर्यो

Advertisement

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गोल्ड’ ले सानदार प्रदर्शन गर्न सफल भएको छ ।

पहिलो दिन नै २५ करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको १३ औँ दिनमा सय करोड कमाएको हो । फिल्मको पहिलो हप्ता अर्थात् ९ दिनमा ‘गोल्ड’ ले ८९.३० करोडको कारोबार गरेको थियो । दोस्रो हप्ताबाट भने फिल्मको कमाईमा ठूलो गिरावट आएको छ । दोस्रो हप्ताको पहिलो दिन १.८५ करोड, दोस्रो दिन ३.१० करोड, चौथो दिन ४.७५ करोड र पाँचौ दिन १.४५ करोड कमाएको छ ।

अक्षय कुमारको यो फिल्ममा मौनी रोय, कुणाल कपूर, अमित साध, विनीत कुमार सिंह, सनी कौशल र निकिता दत्ता कलाकारहरुको प्रमुख भूमिका छ । उक्त फिल्म भारतलाई हक्कीमा मिलेको पहिलो गोल्ड मेडलमा आधारित छ । यो फिल्मलाई रीमा कागतीले निर्देशन गरेका हुन् । टिभी दुनियाँकी नागिन नामबाट चर्चित मौनीले यो फिल्मबाट डेब्यु गरेकी हुन् । ‘गोल्ड’ लाई समिक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् ।यो फिल्म १५ अगस्ट अर्थात बुधबार देखि रिलिज भएको हो ।

Advertisement

Advertisement

Advertisement