बिमस्टेक सम्मेलनको दिन नेप्सेमा झण्डै दोहोरो अंकको सुधार

Advertisement

काठमाडौं । बिमस्टेक सम्मेलनको दिन सेयर बजार परिसुचक नेप्से झण्डै दोहोरो अंकले बढेको छ । आज नेप्से नौ दशमलव ३९ अंकले बढेर एक हजार १८१ नाघेको छ भने २१ करोड रुपियाँको सेयर किनबेच भएको छ ।

होटलबाहेक बाँकी समूहको सेयर कारोबार राम्रो हुँदा सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक शुन्य दशमलव नौ अंकले घटेको छ भने निर्जिवन बीमा कम्पनीको उपसुचक एक प्रतिशतभन्दा बढिले बढेको छ ।

त्यस्तै, एनआइसी एसिया बैंकको सेयर दुई करोड रुपियाँभन्दा बढिको कारोबार भएको छ नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ६६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ४८ लाख रुपियाँको कारोबार भएको छ । आज धेरै नाफा गर्नेमा नाडेप लघुवित्त वित्तीय संस्था छ भने घाटा खानेमा सप्तकोशी डेभलपमेन्ट बैंक छ ।

Advertisement

Advertisement

Advertisement