पाहुनाहरुको स्वागतमा राष्ट्रपति कार्यालयमा दिवाभोज

Advertisement

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता र दिवा भोजका लागि राष्ट्रपति भवन शीतल निवासमा भेला भएका छन् ।

पाहुनाहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए । आजबाट सुरु हुन लागेको बिमस्टेक सम्मेलनको पूर्वसमयमा राष्ट्रपति कार्यालयमा अथितिहरु भेला भएका हुन । सम्मेलन आजै ३ः३० बजे सुरु हुँदैछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चासहित उनीहरूको देशका विदेशमन्त्री, विदेश सचिव र अन्य अधिकारीहरु काठमाडौंमा छन्।

Advertisement

Advertisement

Advertisement