बिमस्टेकका चार पाहुना आज स्वदेश फर्कँदै

Advertisement

काठमाडौं । प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका चार देशका प्रधानमन्त्री/राष्ट्रपति शुक्रबार स्वदेश फर्कने भएका छन् । अन्य दुई पाहुनामध्ये एक शनिबार र अर्क एक आईतबार फर्कने भएका छन् ।

बंगलादेशकी धानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै ११ बजे फर्किएकी छिन् । आन्तरीक राजनीतिका कारण हसिना सम्मेलनको समापन अगावै स्वदेश फर्किएकी हुन् ।

त्यस्तै म्यानमारका राष्ट्रपति विन मिन्ट अपरान्ह चार बजे र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा पनि साढे चार बजे स्वदेश फर्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदस् भने साँझ आठ बजे स्वदेश फर्कँदै छन् ।

बिहिबार काठमाडौं आइपुगेका मोदी पशुपतिमा निर्मित धर्मशालाको उद्घाटन गरेपछि फर्किने जनाइएको छ । सम्मेलनपछि प्रधानमन्त्री ओली र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्ताक्षर गर्नेकार्यक्रम रहेको छ ।

भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ बाङचुक शनिबार र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना आईतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement