विश्वकै गरीब राष्ट्रपति जसले गर्छन् यस्तो काम

Advertisement

एजेन्सी । दक्षिण अमेरीकी देश उरुग्वेका पुर्व राष्ट्रपति जोस मुजिका यस्ता लिडर हुन् जसलाई विश्वकै गरीब नेतामा गनिन्छ ।

मार्च २०१५ मा उनले घर पालुवा कुकुर म्यानुअल र गाडि बिटलसँग समय बिताउन राजिनामा दिएको बताएका थिए । मुजिकाले आफ्नो पाँच वर्षे कार्यकालमा उरुग्वेलाई धनि बनाउन सफल भएका थिए तर उनी आफु भने कंगाल बनिरहे ।

विश्वकै गरीब राष्टपतिमा गनिने उनले आफ्नो जीवन फिरन्ते रुपमा बिताए । मुजिका आफ्नो कार्यकालमा राष्टपति भवनमा बस्नुको सट्टा दुई ओटा कोठा भएको घरमा बस्ने गर्थे । सुरक्षाको नाममा उनले दुई प्रहरी राखेका थिए । अहिले उनी आम मानिस जस्तै कुवाबाट पानी भर्ने सम्म गर्छन् । आफ्नो कपडा आफै धुने गर्छन् । मुजिका आफ्नो पत्नीसँग मिलेर फलफुल खेति गर्छन् जो उनको आम्दानीको स्रोत बनेको छ ।

खेतका लागि ट्डाक्टर पनि आफै चलाउछन् । उनले कोहि नोकरचाकर पनि राखेका छैनन् उनि घर देखि खेतिबारीको काम सबै आफै गर्छन् । मुजिका घर बस्ता एक सामान्य व्यक्ति झै बस्छन् ।

एउटा देशको राष्टपतिलाई जे सुबिधा दिनुपर्ने हो त्यो सुबिधा मुजिकालाई पनि दिइएको छ तर त्यो सुबिधा लिन अस्विकार गरेका थिए । तलबमा उनलाई १३,३०० डलर दिएकोमा १२००० गरिबलाई दिने गर्छेन् । सात सय ७५ डलर साना कारोबारीहरुलाई दिन्छन् र बाँकि पाँच सय २५ आफु राख्ने गर्छन् ।

Advertisement

Advertisement

Advertisement