‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’मा समझदारी

Advertisement

काठमाडौं।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बिम्स्टेक सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र मन्त्री तथा अधिकारीहरुले उर्जाको लागि ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौतासँगै बिम्स्टेक सदस्य राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ। अब नेपालले नेपालमा उत्पादित विद्युत अन्य बिम्स्टेक सदस्य राष्ट्रहरुलाई बेच्नका साथै आवश्यक पर्दा किन्न पनि सक्नेछ । नेपालले यसअघि नै भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरिसकेको छ।

Advertisement

Advertisement

Advertisement