विम्स्टेक सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न

Advertisement

काठमाडौं । चौथो विम्स्टेक सम्मेलन अठ्ठार बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता पनि हस्तान्तरण गरेका छन् । नेपालले बिमस्टेकको अध्यक्षता सन् २०१४ देखि गर्दै आएको थियो ।

शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रीड इन्टरकनेक्सन’ सहमति पत्र हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।

दुई दिने सम्मेलनका लागि आएका अतिथिमध्ये बंगलादेशकी प्रधानमन्त्री हसिना, म्यान्मारका राष्ट्रपति विन, थाइल्याण्डका प्रधानमन्त्री प्रयुट र भारतका प्रधानमन्त्री मोदी शुक्रबार नै फर्कदै छन् ।

मोदीले स्वदेश र्फकनुअघि पशुपति क्षेत्रमा निर्मित धर्मशाला उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल—काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा पनि हस्तक्षार हुने बताइएको छ ।

पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । यस अघिका बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारमा भएको थियो ।

Advertisement

Advertisement

Advertisement