एनआईसी एशिया क्यापिटलको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटलको दोश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको सात दशमलव ३६८४२ प्रतिशतका दरले हुन आउने कर सहित एक करोड ४७ लाख ३६ हजार आठ सय ४२ रुपियाँ ११ पैसा नगद लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगै एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुअल फण्ड, एक लाख तीस हजार भन्दा अधिक डीम्याट (डीपी) सेवा ग्राही तथा पाँच वटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । साथै एन आई सी एशिया क्यापिटल लिमिटेड हालै मात्र लगानी परामर्श सेवा समेत ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement