डलरको तुलनामा अझ कमजोर हुँदै नेपाली रुपियाँ, मुद्रा स्फिति बढ्ने

Advertisement

काठमाडौं। निरन्तर रुपमा बढिरहेको अमेरिकी डलरको भाउले आइतबार अर्को नयाँ रेकर्ड कायम गर्दे ११४ रुपियाँ नजिक पुगेको छ । जसले गर्दा नेपाली रुपियाँ अहिलेसम्मकै कमजोर आस्थामा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक डलरको भाउ ११३ रुपियाँ ८९ पैसा तोकेको हो। शुक्रबार एक डलरको मूल्य ११३ रुपियाँ ४९ पैसा थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय मुद्रा कमजोर हँदा नेपाली रुपियाँ पनि डलरसँग कमजोर भएको हो । भारुसँग नेपाली रुपियाँको विनिमय दर स्थिर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपियाँमा परेको हो । १०० भारु बराबर नेपाली १६० रुपियाँको स्थिर विनिमय दर छ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय तेल प्रशोधन कम्पनीहरुले तेलको मौज्दात बढाउनका लगि बढि अमेरिकी डलरको माग बढाएको कारण भारु डलरको तुलनामा कमजोर भएको हो ।
डलर भाउ उक्लिँदा आयातित सबै बस्तु तथा सेवा महँगिनगई मुद्रास्फिति बढने विश्लेषकहरु बताउँछन् । नेपाली मुद्राको अवमूल्यन हुँदा नेपाली वस्तुको निर्यात र रेमिटेन्स आम्दानीमा सकारात्मक प्रभाव परेपनि आयतमा निर्भर देश भएकाले नेपालका लागि लाभ भन्दा हानी बढि हुने जानकारहरु बताउँछन् ।

उता भारतमा भने मुद्रा अवमुल्यन भएको कारणले आर्थिक वर्षको प्रथम त्रैमासमा आर्थिक वृद्धिमा उल्लेख्य सुधार आएको समाचार बाहिर आएको छ । उक्त अवधिमा भारतीय कूल ग्राहस्थ उत्पादन ८.२ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement