इसेवाले ल्यायो ‘इसेवा पसल’, अर्डर गरेको २४ घण्टा भित्र निःशुल्क डेलिभरी

Advertisement

काठमाडौं । इसेवाले आईतबारदेखि अनलाइन सपिङका लागि ‘इसेवा पसल’ सञ्चालनमा ल्याएको छ ।  एफवान सफ्ट इन्टरनेसनलले भाटभटेनी अनलाइनलाई इसेवा पसलको रुपमा रि–ब्राण्डिङ गरी सुरु गरेको हो ।

इसेवा पसल सञ्चालनमा ल्याएसँगै कम्पनीले विभिन्न छुट योजनाहरु सार्वजनिक गरेको छ । छुट योजना अनुसार ग्राहकहरुले इसेवा मार्फत सामान खरिद गर्दा पाँच प्रतिशतसम्म क्यास व्याक पाउन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै नविल बैंकको भिसा कार्डमार्फत अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अन डेलिभरी प्रणालीमा भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यास व्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यससँगै कम्पनीले नजिकीँदै गरेको महान चाड दशैंलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याउने योजनामा रहेको जनाएको छ । इसेवा पसलले सामान अर्डर गरेको २४ घण्टा भित्र निःशुल्क डेलिभरी गर्ने जनाएको छ ।

इसेवा पसलमा इसेवा लगायत नेपालका अधिकांस बैंकिङ, इबैंकिङ र कार्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Advertisement

Advertisement

Advertisement