ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच उपचारमा छुट दिने सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच आइतबार उपचारमा छुट सम्बन्धि सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाइएको छ । उक्त सम्भौतापत्रमा विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडा र ग्लोबल आइएमई बैंक धरानको शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

सम्झौता अनुसार विजयपुर अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज, कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले एक सय ३१ शाखा, एक सय ३४ एटिएम, पाँच वटा एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, एक सय शाखा रहित बैंकिङ सेवा र देश बाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना नौ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement