आगामी असोज ११ देखि भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला

Advertisement

काठमाडौं । दशैंको अवसर पारेर असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको आयोजक इभेण्ट सोलुसनले असोज ११ गतेदेखि नेपाल चेम्र अफ कमर्शको प्रवद्र्धनमा मेला आयोजना गर्न लागेको जनाएको हो ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नाराका साथ मेला आयोजना हुने भएको छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका स्टलहरु रहने छन् । एक सयभन्दा धेरै स्टलहरु रहने यो मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिने निर्देशक प्रधानले बताए ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ एक्सपोको आयोजना गर्न लागिएको उनले जानकारी दिए । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने इभेण्ट सोलुसनले दाबी गरेको छ ।

दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्ने उद्देश्यकासाथ एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेको आयकोजक ले जनाएको छ ।

इभेण्ट सोलुसनले ५० हजार उपभोक्ताहरुले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन गरेको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement