लगानीकर्ताको अगुवाहरुले बैंकर्स र अर्थमन्त्रीलाई भेटेको दिन सेयर बजारमा उत्साहजनक सुधार

Advertisement

काठमाडौं । लगानीकर्ताका अगुवाहरुले बैंकर्सदेखि अर्थमन्त्रीलाई भेटेर सेयर बजार सुधारका लागि आवश्यक पहल गर्न आग्रह गरेकै दिन सोमबार सेयर बजारमा निकै सुधार देखिएको छ ।

आज सेयर बजार परिसुचक नेप्से झण्डै १५ अंकले बढेर एक हजार दुईसथबाट माथि उक्लिएको छ भने ५४ करोड ६० लाख रुपियाँभन्दा बढिको कारोबार भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको परिसुचक भने तीन दशमलव ०७ अंकले बढेर दुई सय ५४ दशमलव ८७ अंकमा पुगेर बन्द भएको छ ।

आज कुल एक सय ६९ कम्पनीको १८ लाख ९८ हजार ३०५ कित्ता शेयर खरिदबिक्री हुँदा ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ८३ लाख १४ हजार ५३३ रुपियाँको शेयर कारोबार भएको छ ।

आज धेरै कमाउनेमा लक्ष्मी बैंक, काबेली विकास बैंक छन् । उनीहरुको शेयर मूल्य लगभग १० प्रतिशत बढेको छ । त्यस्तै, धेरै गुमाउनेमा नाडेप गु्रप पावरका लगानीकर्ता छन् । जसको शेयर मूल्यमा सात दशमलव ९५ प्रतिशतले घटेको छ ।

आज होटल र अन्य समूह घटेका छन् भने बाँकी सबै समूहहरु बढेका छन् ।

Advertisement

Advertisement

Advertisement