रन सुजको डिलर्स मिट सम्पन्न

Advertisement

काठमाडौं । फुटवेयर क्षेत्रमा स्थापित ब्राण्ड रन सुजले नगरकोटमा डिलर्स मिट सम्पन्न गरेको छ । कम्पनी द्धारा आयोजित कार्यक्रममा देशभरबाट सय भन्दा बढी डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रन सुज इण्डष्ट्रिजको उत्पादन रहेको रन सुजले ब्यवसाय प्रर्वद्धन एवं बृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले उत्कृष्ट डिलरहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै कम्पनीका थप नयाँ २० मोडेलका जुत्ता तथा चप्पलहरु समेत सार्वजनिक गरिएको थियो ।

नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन् । रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध छन् । रनको जुत्ताहरुमा छ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ ।

नेपाललाई जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन रन सुजले ठुलो योगदान दिएको तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी सुलभ दरमा उच्च गुणस्तारको जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा विशेष जोड दिएर काम गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement