चोलेन्द्रलाई रोक्न ओली-प्रचण्ड र दीपक जोशीबीच भद्र सहमति !

Advertisement

काठमाडौं । गोपाल पराजुलीलाई प्रधानन्यायाधीसबाट निकाल्नदेखि दीपकराज जोशीलाई प्रधानन्यायाधीस हुन रोक्न सक्रिय भूमिका निर्वाह गरेका सर्वोच्च अदालतका न्यायाधीस चोलेन्द्रशम्शेर राणा आफै घेराबन्दीमा परेका छन् ।

सर्वोच्चभित्र खेलाडी न्यायाधीसका रुपमा चिनिएका चोलेन्द्रलाई प्रधानन्यायधीस हुनबाट रोक्न सत्ताधारी दलका नेता केपी ओली र पुष्पकमल दाहाल तथा कामु दीपकराज जोशी अहिले आएर एक भएका छन् । चोलेन्द्रलाई रोक्न जोशी उपयुक्त हतियार हुने भएपछि ओली प्रचण्ड जोशीलाई महाभियोग लगाउने तयारीबाट पछि हटेका छन् ।

यसअघि नै राजीनामा दिने मनस्थितिमा रहेका जोशी पनि चालेन्द्रसँग बदला लिन सकिने देखेपछि वरिष्ठ न्यायाधीसको रुपमा काम गरिरहने तयारी गरेका छन् । प्रधानन्यायाधीस नभएको अवस्थामा वरिष्ठ न्यायाधीस स्वत कामु प्रधानन्यायाधीस हुन्छ । जोशीको अवधि अझै एक बर्ष रहेको छ ।

यता न्यायाधीस हुने बेलामा चोलेन्द्रको विपक्षमा मतदान गरेका तत्कालिन एमाले र माओवादी केन्द्रलाई अहिले प्रधानन्यायाधीस बनाउन उनको पक्षमा मतदान गर्न नैतिक समस्या भएपछि ओली प्रचण्डले जोशीको मद्दत लिने निष्कर्षमा पुगेको स्रोतको भनाई छ ।

प्रधानन्यायाधीसमा जोशी सिफारिस नभएपछि दोस्रो वरियतामा रहेका ओमप्रकाश मिश्र अबको प्रधानन्यायाधीस हुने पक्कापक्की छ । दक्षिणतिरको पनि समर्थन रहेकाले ओमप्रकाशलाई ओलीले पनि रोक्नसक्ने स्थिति नरहेको स्रोतको तर्क छ । यद्यपि उनको अवधि आउँदा माघसम्म मात्रै भएकाले त्यसपछि स्वतः जोशी कामु प्रधानन्यायाधीस हुन्छन् ।

पदमा कायमै रहनसके आफूमाथि लागेका आरोपहरुबाट सफाइ पाउन पनि काम गर्न सकिने र आफूहरुलाई प्रधानन्यायाधीस हुनबाट रोक्न खेल खेल्नेहरुलाई पनि लाइनमा ल्याउन सकिने जोशीको योजना देखिन्छ ।

Advertisement

Advertisement

Advertisement