वैदेशिक रोजगारीमा डेढ अर्ब ठगी, २० करोड मात्रै अशुली

Advertisement

काठमाडौं । एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ। यसरी ठगिएकामध्ये २० करोड रुपियाँ मात्रै असुली भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत अर्थिक वर्ष २०७४।७५ मा एक अर्ब ५२ करोड २० लाख ७१ हजार २५५ रुपियाँ ठगी भएको छ । तर ठगी भएकामध्ये असुली दर निकै कम छ।

विभागका अनुसार उक्त अवधिमा २० करोड १९ लाख ९४ हजार ८७१ रुपियाँ मात्रै असुली भएको हो । विभागका निर्देशक उद्धव रिजालका अनुसार कागजात नहुँदा पीडितले दाबी गरेअनुसार रकमअसुली गर्न समस्या भएको छ। ‘हामी आपसी सहमतिमा मिलापत्र गराउँछौँ’, उनले भने।

पीडित पक्ष र पीडकसँग छलफल र सहमतिपछि पीडकबाट रकम भराउने गरिएको उनले बताए । वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक ६ जना ठगिने गरेका छन्।

आजको अन्नपुर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement