बीमासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्ने

Advertisement

काठमाडौं । नेपालमा दास्रो पटक १८ वर्षपछि बीमासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । यस अघि सन् २०००मा नेपालमा भएको सम्मलेन १८ वर्ष पछि असोज नौ र १० गते नेपालमा हुने भएको हो ।

विकासशील राष्ट्रका बीमक र पुनर्बीमकको संगठन (एआईआरडीसी)ले आफ्नो २२औं सम्मेलन नेपालमा गर्ने भएको हो । यो सम्मेलनले नेपाली बीमा बजार तथा नेपाल पुनर्बीमा कम्पनीलाई फाइदा पुर्याउने विश्वास लिइएको छ ।

बीमा समितिले सम्मेलनको तयारीका लागि उपसमिति बनाएर कार्यसम्पादन अघि बढाएको छ । करिब पाँच सय कम्पनीहरुको सहभागिता रहने जनाइएको छ । जस मध्ये दुई सय विदेशि बीमक कम्पनीहरुको सहभागिता हुने छ । सम्मेलनमा सम्बन्धित देशको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ र बीमा क्षेत्रमा आबद्ध व्यक्तित्वहरुको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनको सदुपयोग गर्दै पुनर्बीमा कम्पनीले आफ्नो दायरा बढाउन सक्नेछन् । सम्मेलनमा बीमासम्बन्धि क्षेत्रको वर्तमान समस्या र आगामी चुनौती बारे छलफल हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इँले बताए । सम्मेलन नेपालको बीमा व्यावसाय विस्तार गर्न बढी फलदायक हुने उनले बताए ।

सम्मेलनमा विपद् जोखीम व्यवस्थापनसम्बन्धि विषयलाई मुख्य एजेण्डा बनाइएको छ । नेपालमा भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले वर्षेनी ठूलो मात्रामा जनधनको क्षती हुँदै आएको छ । २०७२ सालको भूकम्प र वर्षेनी आउने बाढी तथा पहिरोले आम जनाता प्रभावित भइरहेको र राज्य ले पनि ठूलो दायित्व व्होर्दै आउनु परेकोमा यसलाई क्षती न्यूनिकरणको बीमासम्बन्धि उपाय उक्त सम्मेलनमा खोज्ने प्रयास गरिने जनाइएको छ ।

बीमा कम्पनीहरूले पनि त्यस्तो अवस्थामा उच्च मात्रामा दाबी भुक्तानी दिनुपर्ने हुन्छ । तसर्थ पनि ‘विपद् जोखीम व्यवस्थापन’सम्बन्धी एजेन्डा सम्मेलनको मुख्य एजेन्डा बनेको हो । सम्मेलन नेपालका लागि महत्वपूर्ण हुने बीमा विज्ञहरू बताउँछन् । सम्मेलनमा हुने आर्थिक खर्चको व्यवस्थापन बीमा समिति र बीमक संघले गर्ने बताइएको छ । समितिका अनुसार सम्मेलनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आवश्यक छलफल भइरहेको छ ।
सम्मेलनका लागि गठित आयोजक समितिको अध्यक्षमा समितिका अध्यक्ष चापागाईं र सहअध्यक्षमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० विजयबहादुर शाह रहेका छन् । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement