कम्पनी रजिष्ट्रारको कार्यालयका आधादर्जन कर्मचारी किर्ते आरोपमा पक्राउ

Advertisement

काठमाडौं । दुइ जना उप रजिष्ट्रारसहित कम्पनी रजिष्ट्रार कार्यालयका आधा दर्जन उच्च पदस्थ कर्मचारीहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार छापामार्ने क्रममा रजिष्ट्रार कार्यालयका कर्मचारीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उप रजिष्ट्रारहरु गंगाधरपौडेल र धर्मराज रोकाय, सह रजिष्ट्रार उमेशमान जोशीलगायत आईटी विभागका कर्मचारीहरु रहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान जारी रहेको र अन्यको नाम सार्वजनिक गर्दा प्रभाव पर्न सक्ने भएकोले अन्यको नाम सार्वजनिक गरेको छैन ।

उक्रउ परेकाहरुमाथि कागजात किर्ते गरेको आरोप लागेको सीआईबीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनिहरुले एक निजी कम्पनीको मालिकलाई थाहै नदिई उनिहरुको सेयर अरुको नाममा नामसारी गरेको आरोप लागेको छ । नामसारीपछि ति व्यक्तिको नाममा रहेको जग्गा बिक्री गर्न थालिएको प्रहरिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement