डलरको भाउ ११५ नाघ्यो, इन्धनको मूल्य पनि बढेकाले बजारभाउ आकाशिने निश्चित

Advertisement

काठमाडौं। निरन्तर रुपमा बढिरहेको अमेरिकी डलरको भाउ बिहिबार ११५ रुपियाँ ११ पैसा पुगेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर ११५ रुपियाँ ११ पैसा तोकोको हो । जसले गर्दा डलरसामु नेपाली रुपियाँ अहिलेसम्मकै कमजोर आस्थामा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय मुद्रा कमजोर हँदा नेपाली रुपियाँ पनि डलरसँग कमजोर भएको हो । भारुसँग नेपाली रुपियाँको विनिमय दर स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपिउाँमा परेको हो। १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ । भारतीय रिजर्भ बैंकले बिहिबारका लागि १ अमेरिकी डलर बराबर ७१।९० भारु निर्धारण गरेको छ ।

भारतीय विनिमय बजारमा डलरको माग बढेसँगै यसको मूलय पनि बढेको हो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतीय तेल प्रशोधन कम्पनीहरुले तेलको मौज्दात बढाउनका लगि बढि अमेरिकी डलर माग गरेकाले भारु डलरको तुलनामा कमजोर भएको हो ।

डलर भाउ उक्लिँदा आयातित सबै बस्तु तथा सेवा महँगिनगइ मुद्रास्फिति बढने विश्लेषकहरु बताउँछन् । नेपाली मुद्राको अवमूल्यन हुँदा नेपाली वस्तुको निर्यात र रेमिटेन्स आम्दानीमा सकारात्मक प्रभाव परेपनि आयतमा निर्भर नेपाली अर्थतन्त्रमा लाभ भन्दा हानी बढि हुने जानकारहरु बताउँछन् ।

डलरको भाउ सँगै पेट्रौलियम पदार्थको मूल्य पनि बढेकाले विगतको वर्ष मत्थरिएको मुद्रा स्फिति फेरी बढ्ने संकेत देखिएको छ ।

Advertisement

Advertisement

Advertisement