सेयर बजारको सुधारमा ब्रेक लाग्यो, कारोबार भने उत्साहजनक

Advertisement

काठमाडौं । पछिल्ला केही दिन सुधार देखिएको सेयर बजारमा फेरि ब्रेक लागेको छ । बुधबार २३ अंकले बढेको सेयर बजार परिसुचक नेप्से बिहीबार चार दशमलव ३६ अंकले घटेर एक हजार २२९ अंक कायम भएको छ ।

पछिल्ला केही दिन बजार सामान्य सुधारसँगै बढेको कारोबार आज पनि कायम रह्यो । आज ७९ करोड ३३ लाख रुपियाँको सेयर किनबेच भयो । सबैभन्दा बढि एनएमबी बैंकको १० अर्ब ३३ करोड रुपियाँको कारोबार भयो ।

Advertisement

Advertisement

Advertisement