सिटिजन्स बैंकको एटिएम सेवा हुम्लामा

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले हुम्लामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ‘योर पार्टनर पर प्रोग्रेस’ भन्ने नारासहित उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका ७९ वटा शाखा, ७२ वटा एटिएम तथा ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement