नेपालले भुटानलाई ४–० ले हरायो, सेमिफाइनलको सम्भावना कायमै

Advertisement

काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत बिहिबार सम्पन्न आफ्नो दोश्रो खेलमा नेपालले भुटानलाई ४–० को गोल अन्तरले पराजित गरेको छ। बंगलादेश स्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा नेपाललाई अग्रता दिलाउने क्रममा पहिलो हाफको २१ औं मिनेटमा अनन्त तामाङले गोल गरे। सुनिल बलले कर्नर मार्फत प्रहार गरेको बललाई अनन्तले डिबक्सभित्रबाट हेड मार्फत उत्कृष्ट गोल गरेका हुन्।

यस्तै नेपालकालागि ७१ औं मिनेटमा सुनिल बल, ७९ औं मिनेटमा भरत खवास र निर्धारित खेल सकिन २ मिनेट अघि निराजन खड्काले गोल गरेका हुन् । नेपालका विमल घर्तीमगरले ७० औं मिनेटमा पेनाल्टी मिस गरेका थिए।

आजको जितसँगै दुई खेल खेलेको नेपालले अंक जोडेको छ । जितसँँगै नेपालको सेमिफाइनल सम्भावना कायमै रहेको छ ।

Advertisement

Advertisement

Advertisement