चौतारी लघुवित्तले पाँच करोड ४० लाख मूल्यको आइपिओ जारी गर्ने

Advertisement

काठमाडौं। चौतारी लघुबित्त बित्तीय संस्थाले प्राथमिक शेयर (आइपिओ)निष्कासन गर्ने अन्ुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारणकोलागि एक सय रुपैयाँ मूल्य अंकित पाँच करोड ४० लाख रुपियाँ बराबरको शेयर जारी गर्न अनुमति पाएको छ।

कम्पनीले पाँच लाख ४० हजार कित्ता प्रथमिक शेयर निष्कासन गर्ने छ। शेयर निष्कासनका लागि एनआइबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

संस्थाको चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । संस्थाको प्रथमिक शेयरका लागि इक्रा नेपालले रेटिङ ग्रेड फोर प्रदान गरेको छ। यसले संस्थाको शेयरमा जोखिम औसत कम रहेको जनाउँछ।

Advertisement

Advertisement

Advertisement