नयाँ मुलुकी ऐनविरुद्ध पत्रकार पनि सडकमा

journalist-protest

काठमाडौँः मुलुकी देवानी र फौजदारी ऐन संशोधन माग गर्दै पत्रकारहरुले आफ्ना उपहरणहरुसहित प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा नयाँबानेश्वरस्थित एभरेस्ट होटेल अगाडिको सडकमा जम्मा भएर पत्रकारहरुले प्रेस स्वतन्त्रता खोस्ने ऐन संशोधन गर्न माग गरे ।

प्रदर्शनका क्रममा पत्रकारहरुले नयाँ मुलुकी ऐनको विरोधमा कालो ब्यानरसमेत लगाएका थिए । मुलुकी देवानी र फौजदारी दुवै ऐन संशोधन गर्न माग गर्न माग गर्दै उनीहरुले यो कानुन संविधान र स्वतन्त्र प्रेसको अन्तर्राष्ट्रिय मर्मविपरित रहेको बताए ।

nic-asia

भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनले पत्रकारितालाई फौजदारीकरण गरेको भन्दै पत्रकारहरुले समाचार संकलनका लागि प्रयोग गरिने कलम, डायरी, क्यामेरा, रेकर्डर पनि सडकमा राखेर धर्मामा उत्रिएका थिए ।

मुलुकी ऐनविरुद्ध यसअघि डाक्टरहरुले पनि आन्दोलन चर्काएपछि सरकारले उनीहरुको लागि ऐन संशोधन गर्ने बचन दिएको थियो । यता सरकारका मन्त्री र स्वयम प्रधानमन्त्रीले भने प्रेस स्वतन्त्रता खोस्ने सरकारको मनासय नरहेको जिकिर गर्दै आएका छन् ।