नेपाल वायुसेवाको एयरबस ‘सगरमाथा’ चरासँग ठोक्किएपछि ग्रउन्डेड

Advertisement

काठमाडौं । नेपाल एयरलाइन्स (एनएसी)को ३२० सिरिजको एयरबस ‘सगरमाथा’ बिहीबार साँझ दुर्घटना भएको छ । मलेसियाबाट आएको उक्त एयरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो ।

एनएसीका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार उक्त विमान वतरणको क्रममा चरासँग ठोक्किन पुगेपछि दुर्घटनामा परेको थियो । नाइनएन एकेडब्लु कल साइन रहेको सो जहाज मर्मपछिमात्र उडान गरिने प्रवक्ता श्रवेष्ठले जनाकारी दिए ।

दुर्घटनापछि विमान मर्मत सम्पन्न नहुन्जेलका लागि ग्राउन्डेड भएको छ । मर्मतका लागि प्राविधिकि बोलाउनु पर्ने भएकोले जाहज उडाउन केहि समय लाग्ने एनएसीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement