पाँच वर्षपछि टुरिष्ट गाइडको पारिश्रमिक बढ्यो, नाट्टाको कारण ढिलो भएको टुर्गानको भनाइ

Advertisement

काठमाडौं । पथ प्रदर्शकको छाता सङ्गठन टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान)ले टुरिष्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ ।

आज बसेको टुर्गान पदाधिकारीको आकस्मिक बैठकले टुरिष्ट गाइडले हाल खाइपाइ आएको पारिश्रमिकमा १ जनवरी २०१९ बाट लागू हुने गरी औषत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको टुर्गानले जानकारी गराएको छ । पर्यटकलाइ दिने सेवासुविधाबापत टुरिस्ट गाइडले पाउने गरेको पारिश्रमिकलाई मध्यनजर गरी बढाउने निर्णय गरेको टुर्गानका अध्यक्ष केदार तामाङले बताए । उनले गाइड भनेका पर्यटकको पहिलो आधारशीला हुन्, त्यही भएर हाम्रो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ भने ।

टुर्गानका अनुसार देशको बढ्दो महँगी तथा समयानुकूल आर्थिक नीतिका कारण दैनिक उपभोग्य वस्तुदेखि हरेकमा वृद्धि भए पनि विगत पाँच वर्षदेखि गाइडको पारिश्रमिक बढ्न सकेको थिएन । पटकपटक नाट्टासँग वार्ता हुँदा पनि पारिश्रमिक वृद्धि गर्न नाट्टाको नेतृत्व सकारात्मक नदेखिएको तथा टुर्गान प्रति हेपाहा प्रवृत्ति देखाइ एक पक्षीयरुपमा पारिश्रमिक बढाएको हवला दिँदै पत्राचार गरेकामा टुर्गानले भत्र्सना गरेको छ ।

लामो समयदेखि टुर्गान र नाट्टाबीच आपसी समझदारीकै बीच पारिश्रमिक वृद्धि गर्ने सम्झौता हुँदै आए पनि वर्तमान नाट्टा नेतृत्वले गरेको हैकमवादी निर्णय अव्यवहारिक र अपरिपक्क भएकाले टुरगाइडको पारिश्रमिक सन् २०१४ बाट बढ्न सकेको थिएन ।

Advertisement

Advertisement

Advertisement