बेगनासतालमा डुङ्गा पल्टियो, पाँच बेपत्ता

Advertisement

काठमाडौं । पोखरा महानगरपालिकाको लेखनाथस्थित बेगनासतालमा शनिबर डुङ्गा पल्टिएको छ ।

जिल्ल प्रहरी कार्यालय कास्किका अनुसार उक्त डुङ्गामा नौजना सवार थिए । जसमध्ये चार जनाको उद्धार गरिएकोमा एक जनाको पानीमा डुबेर मृत्यु भएको छ । जिवितै रहेका तीनजना घाइतेहरुको भने लेखनाथ सामुदायीक अस्पतालमा उपचार भएरहेको छ । अरु पाँच जना बेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

डुङ्गा पल्टिएको खबर पाउने वित्तिकै प्रहरीको उद्धार टाली घटनास्थलमा पुगेको थियो । वेपत्ताहरुको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण केही समयमा अनउने जिल्ला प्रहरी कार्यालय कास्किले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement