मरिसकेको ब्वाइफ्रण्डको बच्चाको आमा बन्न पाउँ भन्दै अदालतमा निवेदन

Advertisement

एजेन्सी। अस्ट्रेलियाकी एक युवतीले आफ्ना मरिसकेका ब्वाइफ्रेण्डको बच्चाको आमा बन्न पाउँ भन्दै अदालतमा निवेदन दिएकी छिन्।

क्विन्सल्याण्डकी २४ वर्षीया आयला क्रेस्वेलले आफ्ना ब्वाइफ्रेण्ड जोसुवा डेविसको बच्चाको आमा बन्न पाउँ भन्दै अदालतमा निवेदन दिएकी हुन्।देवीसको गएको अगष्टमा मृत्यु भएको थियो। डेविसको मृत्यु हुनासाथ आयलाले उनको वीर्य संकलन गरी स्पर्म बैंकमा सुरक्षित राखेकी छिन्। आयलाले अदालतमा आफूहरु छिटै बिहे गर्ने तयारीमा रहेको बताएकी छिन्। उनीहरुले ३ बच्चाको योजना बनाएका थिए। तर त्यसअघि नै डेविसको मृत्यु भयो।

अब आयला डेविसको वीर्य उपयोग गरेर कृत्रिम तरिकाले गर्भवती हुन चाहन्छिन्। डेविसका अभिभावकले पनि आयलाको कुरालाई समर्थन गरेका छन्। अदालतले अनुमति दिएमा तुरुन्तै मेडिकल प्रक्रिया सुरु गर्ने आयलाले बताएकी छिन्।

Advertisement

Advertisement

Advertisement