आन्तरीक राजश्व कार्यालय महेन्द्रनगर गत  वर्षको सर्वोत्कृष्ट राजश्व कार्यालय

Advertisement

कञ्चनपुर । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ ।

आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । कार्यालयअन्र्तगत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य सङ्घ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट भएको प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए ।

एक अर्ब १९ करोड ३१ लाख पाँच हजार रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य पाएको उक्त कार्यालयले एक अर्ब ४७ करोड ९२ लाख २० हजार रुपियाँ राजश्व सङ्कलन गरेको छ । आयकरतर्फ ५७ करोड १० लाख २० हजार रुपियाँ, बहाल करतर्फ चार करोड ५० लाख एक हजार रुपियाँ, व्याजतर्फ दुई करोड २८ लाख ३४ हजार रुपियाँ र मूल्य अभिवृद्धि करतर्फ ४३ करोड ४६ लाख ५७ हजार रुपियाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले अन्तःशुल्कतर्फ ३९ करोड ८६ लाख ४८ हजार रुपियाँ, स्वास्थ्य सेवातर्फ आठ लाख २५ हजार रुपियाँ र शिक्षातर्फ ६२ लाख ६२ हजार रुपियाँ राजश्व सङ्कलन गरेको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरअन्तर्गत करदाताको सङ्ख्या ४१ हजार ४७९ रहेको छ ।

‘निरन्तर बजार अनुगमन, अनुसन्धान, करको दायरा विस्तार, कर शिक्षा, कर परीक्षण तथा अन्तर निकायसँगको सम्बन्ध विस्तारले यहाँसम्म आइपुगेका हौं,’ अधिकृत शर्माले भने । गैरनेपाली व्यवसायीले राजश्व छली गर्ने समस्या विद्यमान रहेको पाइएपछि प्रहरीको सहयोग लिइ कारबाही गरिएको उनले बताए । दायरामा नआएका ठूलादेखि साना व्यवसायीलाई करको दायरामा ल्याइने उनको भनाइ छ । कार्यालयले करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाहा गर्ने भएको छ । पुस मसान्तसम्म स्थायी लेखा नं लिई आव २०७१÷७२ देखि आव २०७३÷७४ सम्मको आय विवरण तथा त्यसमा लाग्ने कर बुझाएमा कर, शुल्क तथा व्याज मिनाहा गर्ने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement