एनआईसी एसिया बन्यो एशियन लाईफ इन्स्योरेन्सको बीमा एजेन्ट

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंक र एसियन लाईफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतामा बैंककातर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सोशनकुमार न्यौपाने र इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्राहकहरुले बैंकको सबै दुई सय ४४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा एसियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

हाल बैंकले मुलुकभर दुई सय ४४ शाखा कार्यालयहरु, दुई सय ३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार करिब वएक खर्ब ८६ अर्ब रुपियाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब १५६ अर्ब रुपियाँ तथा कर्जा एक खर्ब ३० अर्ब रुपियाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement