एनटिएका अध्यक्ष झाको पद बहाली, रोकिएका काम अगाडी बढाउने

Advertisement

काठमाडौं। तेस्रो पटक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाले आइतबार पद बहाली गरेका छन् ।
सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे लगत्तै कमलादीस्थित प्राधिकरणको कार्यालयमा पुगेर पद बहाली गरेका थिए ।
पद बहालीपछि उनले कर्मचारीहरुसँग फेरि आफू प्राधिकरणको अध्यक्ष भएर आएकाले निराश नहुन भन्दै प्राधिकरणमा रोकिएका सबै काम अगाडी बढाउने बताएका थिए।

गत वैशाख मा सूचना तथा सञ्चार मन्त्रलायले झाले प्राधिकरणमा बसेर बदमासी गरिरहेको भनेर प्राधिकरणको दैनिक प्रशासन बाहेक सबै काम रोक्का गरेको थियो । त्यसलगत्तै झा माथि छानबिन गर्न मन्त्रालयले छानविन समितिनै बनाएको थियो ।

मन्त्रीपरिषद्ले असार २० गते गतवर्षको भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै झाको नियुक्ति पनि बदर भएको थियो ।

यसअघिका सूचनातथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले झालाई प्राधिकरणमा दोस्रो पटक अध्यक्षको नियुक्ति गरेका थिए। २०६९ मंसिरमा पहिलो पटक प्राधिकरणको अध्यक्षमा नियुक्त भएका झाको विरुद्ध अयोग्य भन्दै अदालतमा मुद्धा परेको थियो । मुद्धा परेको करिब २ वर्षपछि सर्वोच्चले झाको पक्षमा फैसला दिएपछि उनी प्राधिकरणमा हाजिर हुन गएका थिए ।

Advertisement

Advertisement

Advertisement