सेञ्चुरी बैंकको एटिएम ललितपुरको सनराइज टावरमा

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ललितपुरको धोबिघाटस्थित सनराइज टावरमा शनिबारबाट एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ ।

उक्त एटिएमको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन पश्चात् बैंकको एटिएम सेवा संख्या ५१ वटा पुगेको छ ।

हाल बैंकले काठमाडौंमा १२ शाखाहरु र छ वटा एक्स्टेन्सन काउन्टरहरु त्यस्तै उपत्यका बाहिर ९१ शाखाहरु तथा दुई वटा एक्स्टेन्सन काउन्टरहरु र १० वटा शाखारहित बैंकिङ इकाईहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement