देउवाको प्रस्ताव- केपी ओलीको नाम खड्गप्रसाद होइन करप्रसाद राखौं

Advertisement

गुलरिया । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको नाम खड्गप्रसाद हटाएर करप्रसाव राख्न प्रस्ताव गरेका छन् । ओली नेतृत्वको सरकारले कर धेरै बढाएको भन्दै उनले यस्तो सुझाव अघि सारेका हुन ।

बीपी जयन्तीको अवसर कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले आयोजना गरेको कार्यक्रममा देउवाले वर्तमान सरकारले कर बढाएर जनताको जीवन कठिन पारेको बताए । करको भारले नेपाली जनता समस्यामा परेको उनको भनाई थियो ।

नेता देउवाले देशैभर जताततै कर बढाएकाले केपी ओलीको नाम करप्रसाद ओली राख्नु उपयुक्त हुने भन्दै करसँगै महँगी बढे्दा जनता आजित भइसकेको बताए । काँग्रेसले नेतृत्व गरेका ठाउँमा कर नबढ्ने उनको भनाई थियो ।

ओली सरकार देशलाई एकदलीय शासन पद्धतिमा लैजाने सोचमा रहेको आरोप लगाउँदै देउवाले हरेक क्षेत्रमा आफ्नो नियन्त्रण बनाउने क्रममा सरकारले प्रहरी प्रशानलाई पनि कब्जा गर्न खोजेको बताए ।
खोक्रो राष्ट्रवादको नारा दिएर कम्युनिष्ट सरकार विदेशीसँग लम्पसार परेको उनको आरोप छ ।

काँग्रेस नेता विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला लगायत रामशरण महतले पनि कार्यक्रममा बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement