ज्योति विकास बैंकले ८.४० प्रतिशत नगद लाभांस दिने

Advertisement

काठमाडौं। ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.४० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ। नेपाल राष्ट्र बैंकले निर्देशन गरेको पूँजी जुटाएसँगै बैंकले नगद लाभांस दिन थालेको हो ।

बैंकले नगद लाभांसकै रकमबाट खण्डिकृत शेयरलार्इ पुर्ण शेयर बनाउने जनकारी दिएको छ। नगद तथा खण्डिकृत मिलाउन बोनस सेयरको लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ।

गत आर्थिक वर्षमा बैंकले ३० करोड ५१ लाख रुपियाँ नाफा गरेको थियो। बैंकको प्रति सेयर आम्दानी ११.७७ रुपियाँ छ। बैंकले आर्थिक वर्ष २०७०र७१ देखि निरन्तर बोनस सेयर दिँदै आएकोमा यो वर्ष भने नगद लाभांस दिने निर्णय गरेको हो। अघिल्ला ५ आर्थिक वर्षमा बैंकले ४४ प्रतिशत बोनस सेयर दिएको थियो।

Advertisement

Advertisement

Advertisement