नक्कली एटिएम बनाउदै गर्दा  भारतीय गिरोह पक्राउ

Advertisement

काठमाडौ। नक्कली एटिएम कार्ड बनाइ अरूको खाताबाट पैसा झिक्ने भारतीय गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमवार बिहान ठमेलबाट तीन जना भारतीय र एक जना नेपालीलाई पक्राउ गरेको हो।

ठमेलको एक होटेलमा नक्कली एटिएम कार्ड बनाइरहेको अवस्थामा उक्त गिरोहलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले बताए। उनका अनुसार नेपालमा आएर विदेशी नागरिकको एटिएसको डाटा चोरी गरी नक्कली एटिएसबाट पैसा झिक्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस अघि पूर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरू अत्याधुनिक उपकरणहरू साथमा लिई पर्यटक भिसामा नेपाल आई यस्तो कार्यमा लागेको भेटिएकोमा पछिल्लो समयमा भारतीय नागरिक समेत यस्तो कार्यमा संलग्न भएको भेटिएको छ ।

भारतको केरला घर भएका तीन जना १० दिन अगाडि नै नेपाल आएर नक्कली एटिएम कार्ड बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले उनीहरूको साथबाट ५० वटा भन्दा बढी नक्कली एटिएम कार्ड, चार वटा स्वप मानिस समेत बरामद गरेको एसएसपी लामाले बताए।

Advertisement

Advertisement

Advertisement