सुनसरीको गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

Advertisement

काठमाडौं । मेगा बैंकले सुनसरीको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

गढी गाउँपालिका वडा नम्बर तीन स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरे ।

मेगा बैंकका बिराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित भएको बताऐ । उनले स–साना बचतका लागि टाढा बैंकमा गई लाइन बसेर जम्मा गर्न अप्ठेरो हुने भएकाले मेगा बैंकले शाखारहित सेवामार्फत नै अत्याधुनिक सेवा प्रदान गरिरहेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement