गरिमा विकास बैंकले १३ दशमलव ७५ प्रतिशत लाभांस दिने

Advertisement

काठमाडौं । गरिमा विकास बैंकको सञ्चालक समितिको बैठकले सेयरधनिहरुलाई १३ दशमलव ७५५ प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।

सोमबार बैंकको सञ्चालक समितिको बैडकले गत आर्थिक वर्षको मुनाफाबाट यसका सेयर धनिहरुलाई हाल कायम रहेको दुई अर्ब ५३ करोड ४८ लाख नौ सय ९७ दशमलव ०७ रुपियाँ कुल चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र तीन दशमलव ७५५ प्रतिशत नगद लाभांस गरी कुल १३ दशमलव ७५५ प्रतिशत लाभांस दिने घोषणा गरेको हो ।

सञ्चालक समितिले निर्णय गरेको उक्त लाभांस वितरण हुन बैंकको साधारण सभा र नेपाल राष्ट्र बैंकबाट अनुमोदन हुनुपर्ने छ ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ७८ करोड ८३ लाख ६७ हजार पुग्ने छ ।

Advertisement

Advertisement

Advertisement