करोडौँ मूल्यको जग्गा किर्ते आरोपमा नापी अधिकृतसहित तीनजना पक्राउ

Advertisement

काठमाडौं । बुढानिलकण्ठमा रहेको ४० रोपनी जग्गा मालिकलाई थाहै नदिइ अर्कैको नाममा पास गरेको अभियोगमा नापी अधिकृतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली स्रेस्ता तयार पारी ४० रोपनी जग्गा अर्काको नाममा पास गरेका आरोपमा नापी कार्यालय चाबहीलको एक अधिकृतसहित तीनजनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो ।

नक्कली कागजात बनाई ४० रोपनी जग्गा विक्री गरेको अभियोगमा चाबहील नापी कार्यालयका मालपोत अधिकृत खगेन्द्रप्रसाद, नासु सञ्जन कुमार र नासु जमुना कुमारी पक्रउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाकारी दिएको छ ।

चन्दनविष्ठ कायस्थको नाममा रहेको उक्त जग्गा रुजु गर्ने, नक्कली स्रेस्ता बनाउने, लिखतमा मोठ पुर्याउने र लिखत पास गर्ने भुमिकामा रहेका उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्रउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रहरीले यस अघि पनि कायस्थको सोहि ४० रोपनी जग्गाको प्रकरणमा जग्गा किन्ने र विक्री गर्ने पाँच जनालाई पक्राउ गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement