फर्निचर एक्स्पोमा सयभन्दा बढी ब्राण्डहरु सहभागी हुँदै

Advertisement

काठमाडौं । आगामी असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ आयोजनाको तयारी सम्पन्न भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु रहने जानकारी दिएको हो ।

एक्सपोमा ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुने आयोजकले जनाएको छ । यसका साथै नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका र दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण समेत हुने आयोजकको भनाई छ ।

असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने आयोजकले जनाएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिने भएको छ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement