दुध र केरा एक साथ खादा फाइदा की बेफाइदा ?

health

एजेन्सी । दुध र केरा हामी बच्चाबेला देखिनै डाइटको रुपमा मान्दै आएका छौ । स्वादका लागि पनि मिठो हुने दुधमा केरा मिसाएर खादा शरीरलाई फाइदा हुन्छ की बेफाइदा ?

एक्सपर्टका अनुसार ‘दुध र केरामा धेरै पौष्टिक तत्व रहेको हुन्छ । दुधमा प्रोटीन भिटामिन्स र राइबोफ्लेविन, भिटामिन बी ,मिनरल्स पाइन्छ । १०० ग्राम दुधमा करीब ४२ कयालोरी हुन्छ । शाहाकारीको लागि दुध प्राटिनको स्रोत हो । भने केरामा भिटामिन बी र सी, फाइबर पोटाशियम र बायोटीन आदि पाइन्छ । १०० ग्राम केरामा ८९ क्यालोरी हुन्छ । केराले भोक मेटाउन पनि सहयोग गर्छ’।

ss-college

जब शरीरमा केरा र दुध एक साथ खानाले केवल पाचन तन्त्र प्रभावित हुन्छ की हाम्रो साइनसलाई पनि प्रभावित पार्छ । धेरै मान्छेहरु दुध र केरा एक साथ खानाले पाचन समन्धी समस्या समाधान हुन्छ भन्ने गर्छन् तर यसले लामो समय पछि बान्ता गर्ने र शरीरमा भारीपन हुने, श्रवण शक्ति कम हुने जस्ता समस्या आउन सक्छ । त्यसैले दुध र केरा अलग अलग खानु पर्दछ । दुध पिएको २० मिनेटको अन्तरालमा केरा खानु स्वास्थका लागि राम्रो मानिन्छ ।