सामसङले ल्यायो ग्यालेक्सी जे टू कोर नेपाली बजारमा

Advertisement

काठमाडौं । सामसङ इलोक्ट्रोनिक्सले ‘एन्ड्रोइड गो स्मार्ट’ ग्यालेक्सी जे टू कोर सार्वजनिक गरेको छ ।

ग्यालेक्सी जे टूले पूर्ण रुपमा स्मार्ट फोनको अनुभव दिलाउने कम्पनीले जनाएको छ । यस मोबाईलमा परिष्कृत व्याट्री, भण्डारण क्षमता, राम्रो कार्यसम्पादन र विशेषगरी पहिलोपटक प्रयोग गर्नेलाई अपिल गर्ने खालको रहेको छ ।

ग्यालेक्सी जे टु कोर एनरोइडगो फोनमा परिस्कृत कार्य सम्पादनग र्ने विशेष गुण रहेको छ । जसका कारण ब्याट्री लामो समयसम्म टिक्छ भने यसमा एकदमै फराकिलो भण्डारण क्षमता छ ।

यो एनरोइडगो एडिसनको ग्यालेक्सी जी टु कोरले पहिलेको मोडलहरुको तुलनामा एकदमै तीव्र गतिमा काम गर्न सक्छ र विशेष रुपले यो एनरोइडओरिओलाई लक्षित गरेर बनाइएको हो ।

Advertisement

Advertisement

Advertisement