प्रभु इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगदरहित उपचार सेवा सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्स र नर्भिक इन्टरनेसनल हस्पिटलबीच नगदरहित सेवासम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य तथा हस्पिटलकातर्फबाट एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात प्रभु इन्स्योरेन्सबाट औषधि उपचार बीमा गराउने ग्राहकहरुले नर्भिक हस्पिटलमा भर्ना भई उपचार गराउँदा साथमा नगद नभए पनि बीमा लेखको सिमासम्म नगदरहित उपचार सुविधा पाउने भएकाछन् ।

Advertisement

Advertisement

Advertisement