सन् २०१९ को जनवरीमा हुने उर्जा सम्मेलनका लागि यूएईले दियो नेपाललाई निम्तो

Advertisement

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०१९ को जनवरीमा आफूहरुले गर्न लागेको उर्जा सम्मेलनका लागि नेपाललाई निम्तो दिएको छ । यूएइका राजदूत सइद हमदान अल नकिवले बर्षमान पुनलाई मंगलबार भेटी सम्मेलनको निम्तो दिएका हुन ।

उर्जा सम्मेलनको निम्तो दिन आएका राजदूत नकिवलाई पुनले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे । पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसमा साथ दिन आग्रह गरे । उनले लगानीको सुरक्षाका लागी सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।

ऊर्जामा युएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गर्न राजदूत नकिवले आग्रह गरे । त्यसपछि युएइले लगानी प्रक्रिया अघि बढाउन सक्ने उनको भनाई छ । युएईले १७० देशको सहभागिता हुने गरी सम्मेलन गर्न लागेको राजदूत नकिवले जानकारी गराए । यसअघिका यूएइका उर्जा सम्मेलनमा पनि नेपाल सहभागी हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement