एनआइसी एसियाले ल्यायो, ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गाकर्जा’

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले ‘चमत्कारिक सवारी कर्जा’ र ‘चमत्कारिक घर जग्गाकर्जा’ नामक दुई कर्जा योजना सार्वजनिक गरेको छ ।

यी कर्जा योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागि अझ बढि सहज, सवल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

‘एनआई सी एसियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ बैंकले चमत्कारिक सवारी कर्जा ल्याएको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने ग्राहकले समेत लाभ उढाउन सक्नेछन ्

यस योजनामा तुरुन्तै कर्जा स्वीकृति हुने, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि रहने, अति न्यून मासिक किस्ता रकम हुने (सवारीको मुल्यअनुसार मासिक रु ११ हजारबाट नै किस्ता रकम सुरु हुने), आंशिक अथवा पूर्णरुपमा बिना कुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, मासिक ब्याजदर शुन्य दशमलव नौ प्रतिशत मात्रै रहने, प्रशासनिक सेवा शुल्कमा विशेष छुट हुने, घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था हुने जनाइएको छ ।

त्यस्तै, ‘एनआइसी एसियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ एनआइसी एसिया बैंकले चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ ।

यसका विशेषताहरुमा आफ्नो आम्दानीअनुसार आफै मासिक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि रहने, आंशिक अथवा पूर्णरुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छाअनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर शुन्य दशमलव नौ प्रतिशत मात्र कायम रहने, प्रशासनिक सेवा शुल्कमा विशेष छुट हुने, आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने आदि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement