नाडा अटो शोमार्फत भित्रियो इटालियन मोटरसाइकल ‘एसडब्लुएम’, मूल्य १६ लाखसम्म

Advertisement

काठमाडौं । नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्ञान अर्थमुभर्स प्रालिले यी मोटरसाइकल मंगलबारदेखि नाडा अटो शोमा सार्वजनिक गरेको हो ।

प्रारम्भमा एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५०टीको २३ लाख रुपियाँ र सिल्भर भेस ४४० को मूल्य १४ लाख ५० हजार कायम गरिएको छ ।

इन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने ज्ञान अर्थमुभर्सको भनाई छ । इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय रहेको जनाइएको छ ।

एसडब्लुएमका सबै मोडलका मोटरसाइकल तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन तथा एसेम्ब्ली लेम्बोर्डिया इटालीमा भएको हो भन्दै ज्ञान अर्थमुभर्सले बजार बिस्तारको लागि हाल बालुवाटारस्थित शोरुम र वर्कशपबाहेक चितवन र पोखरामा शोरुम खोल्ने तयारी भइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement