निर्मला पन्त हत्या प्रकरणः प्रहरी संगठनका लागि प्रतिष्ठाको विषय

निर्मला हत्या प्रकरण

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्वारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट निर्दोष भेटिएसँगै उक्त घटनाको वास्तविक रुप अनुमान गर्न सहज बन्दै गएको छ ।

ठूलठूला अपराधका घट्नाहरु सफल अनुसन्धान गरेर अपराधिलाई कानुनी दायरामा ल्याउन सक्ने क्षमता नेपाल प्रहरी निर्मला पन्तको हत्या र बलात्कारका वास्तविक बाहिर ल्याउन उसलाई कुनै कठिनाई छैन ।

nic-asia

तर, घट्नाको मुख्य केन्द्र रहेको बम दिदी बहिनी बस्दै आएको घर, जहाँ कञ्चनपुर सुरुवा भएर आउने सुरक्षा निकायका हाकिमदेखि स्थानीय नेताहरुसम्मको नियमित उठबस हुने गरेको बतान्छ, सोही घरमा नै सरकारी छानविन टोली र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रवेश गर्न सकेको छैन ।

यद्यपि दिलिपको घट्नामा संलग्नता पुष्टि नहुनु र सरकारी छानविन समितिका सदस्यले एकाएक राजीनामा दिनुले अब भने उक्त घट्नामा ठूलै माछाको संलग्नता रहेको पुष्टि भएको छ । केही ठूलाबडा (सेनासम्म कै किन नहोस)लाई जोगाउने नाममा नेपाल प्रहरीले आफ्नो सिंगो संगठनको प्रतिष्ठा दाउमा लगाउन भन्ने आवाज संगठनभित्र उठ्न थालेको प्रहरीहरु बताउँछन् ।

पछिल्लो घट्नाक्रमपछि गृहमन्त्री रामबहादुर थापाले पनि यसलाई गम्भीररुपमा लिएका छन् । मंगलबार राति गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले घटना अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानबिन गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय र प्रहरी नेतृत्वलाई झुक्याएको ठहर गर्दै उनीहरूमाथि छानबिन गर्ने निर्णय भएको मन्त्रालय स्रोतले बतायो । गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, डिआइजी रामप्रसाद श्रेष्ठलगायत सम्मिलित बैठकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र सिआइबीबाट खटिएका डिएसपी अंगुर जिसी, प्रहरी निरिक्षक ऐकिन्द्र खड्का तथा छानबिन समितिमा रहेका उपसचिव वीरेन्द्र केसीमाथि छानबिन गर्ने निष्कर्षमा बैठक पुगेको छ ।

छानविन समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले दिएको अभिव्यक्तिलाई समेत बैठकले थप अनुसन्धान गर्नुपर्ने निर्णय गरेको छ । दिलीप निर्दोष भएको भन्दै स्थानीयले ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । तर सरकारले स्थानीयको आन्दोलनलाई घुसपैठ भन्दै दमन गर्दा एक जनाको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले गम्भीर त्रुटी गरेको यसअघि स्वीकार गरिसकेका छन् । उनले त्रुटी गरे पनि अपराधिलाई कारवाही गरिछाड्ने सार्वजनिक प्रतिवद्धता जनाएकाले जनतामा केही आशा पलाएको छ ।

यता निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानको विषयलाई लिएर सरकारले गठन गरेको छानसमितिका एक सदस्यलाई हृदयघात भएको समाचार छ । समितिमा सदस्य रहेका सशस्त्र प्रहरी बलका डिआइजी बसन्त बानियाँलाई हृदयघात भएको हो । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

बानियाँलाई ६ दिन अगाडि हृदयघात भएको हो । सरकारले समितिको म्याद आइतबार १५ दिनका लागि थपेको थियो । म्याद थप गर्दा घटनाको निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले सोमबार राजिनामा दिइसकेका छन् ।