पायोनियर मोटो कर्पको अफर, न्युनतम मासिक किस्ता १४ हजार छ सय ११ मै कार

Advertisement

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा निसान गाडीका लागि ‘फेस्टिभ ड्राईभ’ उपहार योजना ल्याएको छ ।

निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत मेलामा आएका ग्राहकहरूले बुकिङ गरेबापत योजनाको अन्त्यमा नगद २७ हजार रुपियाँको रेडमी नोट फाइभ मोबाइल फोन प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै कम्पनीले उक्त प्रदर्शनीमा फाइनान्स र किस्ताबन्दीको प्रावधान पनि लागू गरेको छ । जसअन्तर्गत १४ हजार ६११ सम्मको न्यूनतम मासिक किस्ता तिर्ने प्रावधान रहेको छ ।

मंगलबारदेखि सुरु भएकोे नाडा अटो शोदेखि लागू भएको यो योजना आउँदो चाड–पर्वसम्म कायम रहने कम्पनीले जनाएको छ । यो योजनाबाट ग्राहकहरूले ४९ हजारसम्मको एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, एक वर्षसम्म सडक कर निःशुल्क, तीन वर्षको वारेन्टि र सर्भिसिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा र छ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement