हिरो मोटोकर्पको नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’ नेपाली बजारमा

Advertisement

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधनको सबैभन्दा ठूलो निर्माताल हिरो मोटोकर्पले आफ्नो नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २००आर’लाई नेपालमा उपलब्ध गराएको छ ।

प्रविधिक रुपमा सर्वोत्कृष्ट एवं युवामय मोटरसाइकल उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप आफ्नो पछिल्लो मोटरसाइकल भारतमा शुरु गरे लगत्तै नेपालमा पनि ल्याएको हो ।

कम्पनीले ‘एक्स्ट्रिम २००आर’ को मूल्य दुई लाख ८६ हजार पाँच सय रुपियाँ कायम गरेको छ । यो मोटसाइकल नेपाल जनरल मार्केटिङका सबै डिलरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो बाइक चलाउँदा रोमाञ्चक हुनुको साथै चालक तथा यात्रुको सुरक्षालाई महत्व दिएको छ र यसका लागि मोटरसाइकलमा स्तरीय विधि उपलब्ध गराउन एण्टि–लक ब्रेक सिस्टम जडान गरिएको छ । ग्राहकहरुले यस मोटरसाइकलमा फिचरहरुको विविधता एवं व्यापकतासहितको समग्र प्याकेजको आकर्षण पाउनसक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement