टिभीएस अपाचे ‘आरआर ३१०’ मोटरसाइकल अब नेपाली बजारमा

Advertisement

काठमाडौं । काठमाडौंमा शुरु भएको नाडा अटो शो २०१८ मा दुई पाङ्ग्रे सवारि साधन उत्पादक तथा वितरक टिभीएसले आफ्नो सुपर प्रिमियम मोटरसाइकल ‘अपाचे आरआर ३१०’ सार्वजानिक गरेको छ ।

टिभीएस मोटर कम्पनीको ‘अपाचे आरआर ३१०’ कम्पनीको पछिल्लो प्रस्तुति रहेको कम्पनीले जनाएको छ । टिभीएस अपाचे आरआर ३१० मोटरसाइकलमा आकर्षक डिजाइन, सुपर शक्तिशाली इन्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडिङ डाइनामिक्स जस्ता विशेषता रहेको छ । रेजर सार्प ह्याण्डलिङ र सुपेरियर प्रविधि भएको यस मोटरसाइकल ३६ बर्सको रेसिङ बिरासतको प्रमाणित स्वरुप हो ।

टिभीएसको उक्त मोटरसाइकल ३१२ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन, छ वटा स्पिड गियर बक्सलगायत अन्य विभिन्न आकर्षक विशेषताहरु रहेको कम्प्नीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement