साफ च्याम्पियनसीपः खेलको प्रारम्भमै माल्दिभ्सले हान्यो एक गोल

Advertisement

काठमाडौं । साफ च्याम्पियनसीप फुटबलको पहिलो सेमिफाइनल खेल अहिले नेपाल र माल्दिभ्सबीच जारी रहेको छ । ताजा अवस्थामा माल्दिभ्सले नेपालमाथी एक शून्य गोलको अग्रता लिएको छ । खेलको सातौं मिनेटमा पेनाल्टी पाएको फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले पहिलो गोल गरेको हो ।

हरेक संस्करणमा उपाधि दाबेदारको रुपमा प्रस्तुत भए पनि हालसम्म नेपालले उपाधि जित्न सकेको भने छैन । सार्क राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सन् १९९३ देखि शुरु भएको (सार्क गोल्डकप) साफ च्याम्पियनसीपको हाल १२ औं संस्करण चलिरहेको छ ।

बंगलादेशको ढाकामा जारी १२ औं साफमा नेपाल यस पटक फेरी सेमि फाइनलमा प्रवेश गरी माल्दिभ्स विरुद्ध खेलिरहेको छ ।

Advertisement

Advertisement

Advertisement